सडकमा भाषण गर्दागर्दै जापानका पूर्व प्रधानमन्त्री आवेको गोली प्रहार गरी हत्या

२४ असार २०७९, शुक्रबार १५:१५

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली प्रहार गरी हत्या गरिएको छ । चुनावी सभामा सहभागी भएर भाषण गरिरहेको बेला उनीमाथि एक ४१ बर्षिय पुरुषले दुई गोली प्रहार गरेका थिए । लगत्तै ढलेका उनलाई तत्कालै अस्पताल पुर्याइएकोमा केहीबेरपछि निधन भएको बीबीसीले जनाएको छ ।

६७ वर्षिय पूर्व प्रधानमन्त्री आवे जापानमा सबैभन्दा लामो समयसम्म शासन गर्ने प्रधानमन्त्री हुन् । उनीमाथि गोली प्रहार गर्ने युवालाई तत्कालै नियन्त्रणमा लिइएको छ । ति युवाले असाध्यै छोटो हतियारबाट गोली प्रहार गरेको थिए ।

जापानका पूर्व प्रधानमन्त्रीको गोली प्रहार गरेको विषयमाथि विश्वभरबाट प्रतिक्रिया आइरहेको चीन, अमेरिका, बेलायत लगायतका देशहरुले भत्सर्ना गरेका छन् ।

जापानको नारा सिटीको एक सडकमा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा पूर्व प्रधानमन्त्री आवेमाथि स्थानीय समय अनुसार विहान ११ः३० बजे गोली प्रहार भएको थियो । उनलाई दोस्रो गोली लाग्ने वित्तिकै ढल्न पुगेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*