३२५ रुपैयाँमा नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता शेयर बिक्रीमा
काडमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।
नेपाल इन्स्योरेन्सले आइएमई लिमिटेडको ७ लाख १९ हजार २०५ कित्ता, आइएमई इन्भेष्टमेन्ट प्रा.लि.को ७ लाख १९ हजार २०५ कित्ता र आइएमई होल्डिङ्ग प्रा.लि.को ७ लाख १९ हजार २०५ कित्ता गरी कुल २१ लाख ५१ हजार ६१५ कित्ता बिक्री गर्ने भएको हो ।
उक्त शेयरहरुको न्युनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय अमिर भवन पहिलो तल्ला, गणेशस्थान, कमलादी, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य कोही ब्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।