बीमा कम्पनीका सिईओहरु संवेदनशील भएनन्: अध्यक्ष सिलवाल

२३ असार २०७९, बिहीबार २०:४३

काठमाडौं । बीमा कम्पनीहरुका सिईओहरु संवेदनशील नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गुनासो गरेका छन् । बीमा कम्पनी र नेपाल चार्टर्ड एकाउटेन्ट संघ एक्यानले सयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले गुनासो व्यक्त गरेका हुन् ।

बीमा समितिमा म आएको पनि डेढ बर्ष भईसकेको छ ,यस अवधिमा पास नै गर्न नसक्ने डकुमेन्ट, वित्तिय विवरण र अडिट पास गर्नुपरेको छ। ’यसमा बीमा कम्पनीहरुको सिईओहरुको पनि ध्यान जानु जरुरी  देख्छु, उनले भने । समयमा वित्तिय विवरण पेश गर्न नसक्दा कैयौ समस्याहरु बीमा कम्पनीहरुले झेल्दै आईरहेको छ , यस बिषयमा कम्पनीहरुको को पनि ध्यान जान जरुरी रहेको उनले बताए ।

जीवन बीमक संघ, निर्जिवन बीमक संघ, एक्यानहरु छन् हामीहरु उहाँहरुसँग पनि छलफल  गर्न सक्छौ ।  अपूर्ण रिर्पोेटहरु पेश गर्दा कम्पनीहरुको सिईओहरुको गल्ती नै देख्छु म यहाँ ’ , उनले भने ।

बीमा कम्पनीहरुका कतिपय रिर्पोट, अडिटको फाइलहरु बीमा समितिले नै मिलेसम्म मिलाएर नै पठाईरहेका छौ । नियामक निकायले सहयोग गरिरह्दा पनि बीमा कम्पनीका सिईओहरु केही संवेदनशील नभएको हो, कि जस्तो लाग्छ ।

अझै पनि बीमा कम्पनीहरुले बीमा समितिले नै सहयोग गरिरह्न्छ भनेर अपेक्षा गरिरह्नु नै गलत हो । आफनो पाटोबाट पनि के गर्न सकिन्छ भनेर सोच्न सकिन्छ । त्यसमा ध्यान दिन सम्पूर्ण बीमा कम्पनीका सिईओहरुलाई आग्रह गर्दछु, उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*