रिलायन्स लाइफद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२३ असार २०७९, बिहीबार १७:४४

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

रिलायन्स लाइफले बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रमबीच बीमा दाबी वापतको २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हो ।

रिलायनस लाइफका क्षेत्रिय प्रबन्धक दिपक कुमार ओली र बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले एक कार्यक्रमकाबीच स्व.बीमितको निवासमै बीमितकी श्रीमति कुमारी केसीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सो मृत्युदाबी रकम दाबी गरिएको ९ औं दिनमा बीमा बापतको चेक हस्तान्तरण गरिएको क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलिले बताए ।
बीमित दिलबहादुर केसीको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*