सन नेपाल लाइफद्धारा संस्थापक शेयरधनीहरुलाई असार ३० गतेभित्र रकम जम्मा गर्न आग्रह

२३ असार २०७९, बिहीबार १४:३५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले दोस्रो पटक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई रकम जम्मा गर्न आह्वान गरेको हो ।

यसअघि कम्पनीले असार ७ गते सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई सो प्रतिशत रकम जम्मा गर्न भनेको थियो । कम्पनीले रकम जम्मा गर्ने समयावधि घट्दै जाँदा दोस्रो पटक सूचना प्रकाशित गरेको हो ।

कम्पनीले गत वैशाख ९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाको निर्णयअनुसार पुँजी बृद्धि गर्ने संशोधित प्रबन्धपत्र तथा नियमावली कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख भएको, संस्थापक शेयर स्वामित्वको आधारमा थप ६०% रकम थप गरी पुँजी बृद्धि गर्न बीमा समितिबाट स्वीकृत भएको र सोही बमोजिम आप्mना संस्थापक शेयरधनीहरुबाट शेयर वापतको थप ६०% रकम जम्मा गर्न आग्रह गरेको हो ।

सन नेपाल लाइफले यहि असार ३० गतेसम्म बैंकको कम्पनीको खाता रहेको नबिल बैंक खाता नम्बर १७०१०१७५०१३३८ मा रकम जम्मा गरी भौचर कर्पोरेट कार्यालय, कमलादी काठमाडौंमा उपलब्ध गराउन आग्रह गरेको छ ।

नियमक निकाय बीमा समितिले आगामी चैत महिनासम्ममा सबै बीमा कम्पनीहरुले चुक्तापुँजी बढाउनुपर्ने निर्देशन दिएको छ । सोही निर्देशनलाई पालना गर्दै बीमा कम्पनीहरु भटाभट मर्जर तथा हकप्रद निष्काशनको तयारीमा जुटिरहेका छन् । यसैबीच सन नेपाल लाइफले भने मर्जर र हकप्रदको बाटो नरोजी आफ्नै शेयरधनीहरुमार्फत थप रकम जम्मा गरी पुँजी बृद्धि गर्न लागेको हो ।

सन नेपाल बाहेक महालक्ष्मी लाइफ इन्स्योरेनस र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि पुँजी बृद्धिका लागि आफ्नै शेयरधनीहरुबाट रकम जम्मा गर्न सूचना प्रकाशित गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*