प्राइम लाइफ इन्स्योरेन्सद्धारा उदयपुरको श्री खाट मन्दिर आघारभुत बिधालयलाई आर्थिक सहयोग

२२ असार २०७९, बुधबार १२:४५

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयो गरेको छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काज्युको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच स्कुलमा पुगि हस्तान्तरण गरिएको छ । डा. खड्काको पहलमा कम्पनीले सहयोग गरेको छ ।उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विध्यालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरेका छन् ।

उनले विध्यालयको शैक्षिक गुणस्तरबृद्धिको लागी आफुले सक्ने सहयोग गर्ने बताएका छन् । । साथै कम्पनीलाई आफनो पहलमा सहयोग गरेकोमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद ज्ञापन गरेका छन् ।
कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरिनै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्त्रिज्युको पहलमा स्कुल तथा बिध्यार्थिलाई सहयोग गर्न पाएको खुसि व्यक्त गरेका छन् ।


स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केहि थप हौसला मिलेको वताउदै मन्त्रीज्यु तथा कम्पनीलाई धन्यबाद ज्ञापन गरेका छन्।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा बिध्यालयका शिक्षक, अभिभावक बिध्यार्थि लगाएत बिभिन्न क्षेत्रका ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*