मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई घटुवा वा सुविधा कम गर्न नपाइने, बीमा समितिले जारी गर्यो निर्देशन

२० असार २०७९, सोमबार १९:२५

काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने व्यवस्था गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले आज सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो । यसअघि एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले बक्तव्य नै निकालेर मर्जरमा जाने सम्बन्धमा छलफल नगरेको भन्दै विरोध जनाएको थियो ।

त्यस्तै गाभ्ने/गाभिए बन्ने बीमा कम्पनीका कर्मचारीहरुलाई कुनै मर्का नपर्ने गरी र हाल खाई पाई भएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।मर्जर पश्चात बन्ने कम्पनीका कर्मचारीहरु कर्मचारीहरु काम गर्न इच्छुक नभए उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ ।

त्यसैगरी असार ६ गते जारी भएको निर्देशनबाट समितिले गाभ्ने/गाभिने कार्यमा संस्थाका संचालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुने नपाई भन्ने व्यवस्था हटाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*