धितो कारोबारमा ऋण बराबरको नभई वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव

२० असार २०७९, सोमबार १९:०३

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफलमा धितो कारोबारमा ऋण बराबरको नभई सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने बताएका हुन् ।

’बैंकले कर्जा प्रवाह गर्दा १ करोडको धितो राखेर ५० लाख लोन दिन्छ’, उनले भने, ’५० लाख लोन दिँदा ५० लाखको बीमा मात्र गर्छ । सम्पत्ति १ करोडको हुन्छ । बीमा गर्दा जति मूल्य घटाउँछौ पछि दाबी लिँदा उति नै मूल्य घट्छ ।’

’भोलि १ करोडको क्षति हुँदा ५० लाख मात्रै पाउने, १० लाखको क्षतिमा ५ लाख पाउने भयौं’, उनले भने । त्यस्तै, उनले आगामी मौद्रिक नीतिमा बैंकास्योरेन्सको बिषयमा पनि समेट्न आग्रह गरेको थियो ।

सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्दा दाबी पनि सोहीअनुसार पाउन सकिने सुवेदीले बताए ।आगामी मौद्रिक नीतिले सो कुराको सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*