नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ७०० र ४२५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

२० असार २०७९, सोमबार ११:३१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीको उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले आजदेखि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआइसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिलामीमा ल्याएको हो ।

यसअघि नेपाल लाइफले असार ७ र एनआइसी एशिया बैंकले असार ८ गतेदेखि शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो । उक्त अवधिभित्र प्राप्त बोलपत्र हिजो खोलिने भएपनि सो अवधिभित्र कुनै बोलपत्र पेश नभएकोले यी दुवै कम्पनीले आजदेखि अन्य व्यक्ति तथा संघसंस्थाका लागि सो दरका शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयरमा जो कोही व्यक्ति तथा संघसंस्थाहरुले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आइएमई लाइफले सो शेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ र एनआइसी एशिया बैंकले ४२५ रुपैयाँ तोकेको छ । यसअनुसार इच्छुक आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यी दुवै कम्पनीको लिलामी शेयरमा आवेदन दिदा न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ । साथै आवेदकले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकका निश्चित शाखा कार्यालयबाट गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*