पुँजी बृद्धि गर्न रिलायबल नेपाल लाइफद्धारा संस्थापक शेयरधनीलाई साउन ६ गतेभित्र थप रकम जम्मा गर्न आग्रह

१९ असार २०७९, आईतवार १३:२७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप लगानी रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले तेस्रो पटक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई थप रकम जम्मा गर्न आह्वान गरेको हो ।

कम्पनीको गत जेठ २५ मा सम्पन्न चौथो वार्षिक साधारण सभाबाट हाल कायम रहेका संस्थापक शेयरधनीहरुबाट १ बराबर १ का दरले अर्थात् (आफ्नो लगानी बराबरको थप रकम ) जम्मा गर्न निर्णय भएबोजिम नियमक निकाय बीमा समितिबाट स्वीकृति भएबोजिम यहि साउन ६ गतगेभित्र रकम जम्मा गर्न आह्वान गरेको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुलाई आफ्नो शेयर वापतको रकम जम्मा गर्न भन्दै दुईपटक सूचना प्रकशित गरिसकेको छ । कम्पनीले नियमक निकाय बीमा समितिको पुँजी बृद्धि गर्ने निर्देशनको पालना गर्दै आफ्नै संस्थापक शेयरधनीहरुबाट रकम उठाउन लागेको हो ।

अन्य बीमा कम्पनीहरु पुँजी बृद्धिको लागि भटाभट मर्जरमा जाने प्रक्रिया सुरु गरेसँगै रिलायबल नेपालले भने आफ्नै शेयरधनीहरुबाट हालको लगानी रकम बराबरको थप रकम जम्मा गरी पुँजी बृद्धि गर्न लागेको हो । यसअघि महालक्ष्मी लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफले पनि आफ्नै शेयरधनीहरुबाट शेयर वापतको थप रकम संस्थापक शेयरधनीहरुबाट जम्मा गर्न लगाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*