महालक्ष्मी लाइफको ३३ लाख कित्ता शेयर बिक्रीमा, १०० रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

१९ असार २०७९, आईतवार ११:११

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको ३२ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्ने भएको हो ।

कम्पनीको उक्त शेयरमा आजदेखि असार २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यस शेयरमा शेयर जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

उक्त कम्पनीले यसअघि साविकका संस्थापकहरूबाट थप ५० प्रतिशत शेयर जेठ ११ गतेदेखि असार १९ गतेसम्म र पुनः असार १० गतेदेखि १६ गतेसम्म खरीदका लागि आवेदन माग गरेकोमा उल्लेखित कित्ता शेयरमा भने आवेदन नपरेपछि सर्वसाधारणमा जारी गरिएको जनाएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरूले न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३१ लाख ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असार २६ गते अपरान्ह ४ बजे कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*