लाभांश र मर्जर प्रस्ताव सहित सानिमा लाइफको कहिले बस्दैछ साधारण सभा ?

१८ असार २०७९, शनिबार १२:३०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा यहि असार २० गते सोमबार बस्दैछ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ ।

उक्त सभाले कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब रुपैयाँको आधारमा कुल ४ दशमलव ४२ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गर्नेछ ।

साथै संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष ०७६।७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह, नाफा नोक्सान लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको निर्विरोध निर्वाचित समेत गर्नेछ । कम्पनीको अधिकृत तथा चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने समेत सभाको प्रस्ताव रहेको छ ।

साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते एक दिन बुक क्लोज गरेको थियो । यसअनुसार बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र उक्त शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*