असार महिनामा ११ कम्पनीको ३० करोड ८७ लाख बढी कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

१८ असार २०७९, शनिबार ११:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार महिनामा मात्रै ११ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । जसमा ५ वटा इन्स्योरेन्स कम्पनी, ३ वटा लघुवित्त कम्पनी, २ वटा फाइनान्स कम्पनी र एक हाइड्रोपावर कम्पनी रहेको छ ।

बीमा कम्पनी
नेप्सेमा असार महिनामा मात्रै ५ वटा बीमा कम्पनीहरुको बोनस शेयर सूचीकृ भएका छन् । जसमा नेपाल पुनर्बीमा कम्पनी १६.५० प्रतिशत दरका १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको बोनस शेयर असार ७ गते सूचीकृत भएको थियो ।
त्यस्तै सिद्धार्थ इन्स्योरेन्स १५ प्रतिशत दरका १६ लाख ८० हजार कित्ता असार २ गते, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत दरका १२ लाख ७८ हजार ९२ कित्ता असार ७ गते, एनएलजी इन्यारेन्सको पनि असार ७ गते नै १० प्रतिशत दरका १२ लाख ६ हजार १३ कित्ता र एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत दरका ७ लाख १० हजार १६२ कित्ता बोनस शेयर असार १४ गते सूचीकृत भएका हुन् ।

लघुवित्त संस्था
नेप्सेमा असार महिनामा मात्रै ३ वटा लघुवित्त वित्तीय संस्थाहरुको बोनस शेयर सूचीकृत भएका छन् । जसमा असार १७ गते जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० प्रतिशत दरका ४२ लाख ५८ हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको थियो ।
त्यस्तै, समीट लघुवित्तको साधारण सभाबाट पारित भएको २५.२८५४ प्रतिशत दरका ९ लाख ९७ हजार कित्ता बोनस शेयर र जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत दरका २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर असार १४ गते सूचीकृत भएको हो ।

फाइनान्स कम्पनी
असार महिनाको यस अवधिसम्म दुई फाइनान्स कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । जसमा प्रोगेसिभ फाइनान्सको वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत दरका ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर असार ६ गते नेप्सेमा सूचीकृत भएको हो भने जानकी फाइनान्सको १५ प्रतिशत दरका ९ लाख ६१७ कित्ता बोनस शेयर असार ८ गते सूचीकृत भएको हो ।

हाइड्रोपावर कम्पनी
असार महिनामा एउटा मात्र हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेशनल हाइड्रोपावरको वार्षिक साधारण सभाबाट पारित भएको १८.५२५ प्रतिशत दरका २५ लाख ६६ हजार ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त कम्पनीको बोनस शेयरहरु सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भइसकेपछि मात्रै धितोपत्र दोस्रो बजारमा शेयरधनीहरुले खरिदबिक्री गर्न पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*