पुँजीबजार सुधार समितिसँग लगानीकर्ता संगठनको छलफल, १८ बुँदे माग पेश

१५ असार २०७९, बुधबार १८:५९

काठमाडौं । पूँजी बजार सुझाव समितिले आज लगानीकर्ताका विभिन्न संगठनका प्रतिनिधीहरुसंग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित उक्त छलफल कार्यक्रममा सुझाव समितिले पुँजीबजारको विकासका लागि लगानीकर्ताहरुबाट सुझाव संकलन गर्न उक्त छलफल गरेको हो ।

उक्त छलफल कार्यक्रममा लगानीकर्ताहरु संगठनहरुले सुझाव समितिलाई विभिन्न १८ बुँदे सुझावहरु पेश गरेका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार उक्त छलफलमा सुझाव समितिले लगानीकर्ताहरुका मागहरु अल्पकालिन, मध्यकालिन र दिर्घकालिन गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सुझाव समितीसंगको छलफलमा पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा प्रोख्रेलसहित नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*