अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

१५ असार २०७९, बुधबार ११:२६

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । खरिददर पनि १२५ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । यसअघि गत बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम भएको थियो ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*