नेपाल आयल निगमले जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिने

१४ असार २०७९, मंगलवार १९:५७

काठमाडौं । लामो समयदेखि घाटा ब्यहोरी रहेको नेपाल आयल निगमले जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिने भएको छ। पूर्णरुपमा आर्थिकरूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिने भएको हो । निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ ।

अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*