लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
१४ असार २०७९, मंगलवार १६:५५
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ४१२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ३७६ रुपैयाँ २६ पैसा कायम गरेको छ ।
सोही मूल्यका आधारमा नै भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।