जीवन बीमा सूचक चम्किएसँगै एशियन लाइफको शेयर बेच्न थाले लगानीकर्ता, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

१४ असार २०७९, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

आज जीवन बीमा सूचक चम्किँदा सर्वाधिक जीवन बीमा कम्पनीहरुको शेयर खरिदबिक्री भएको छ । आज सर्वाधिक एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५करोड ४३ लाख, नागरिक लगानी कोषको ५ करोड ३४ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ३७ लाख र ङादी ग्रुप पावरको ३ करोड ५१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*