लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ असार २०७९, मंगलवार ११:५५

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरणका लागि असार १५ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असार २९ गते अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

उक्त सभाले अन्य निर्जिबन बीमा कम्पनीसँग एकआपसमा मर्जरमा जाने अर्थात प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*