महिन्द्राद्धारा नयाँ लोगोसहित ‘अल–न्यु स्कार्पियो–एन’ नेपालमा सार्वजनिक, यस्ता छन् फिचर्स

१४ असार २०७९, मंगलवार ११:२५

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले एसयुभी सेग्मेन्टको ‘अल–न्यु स्कार्पियो एन’ नेपालमा सार्वजनिक गरेको छ । सोमबार सोल्टी होटल काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले महिन्द्राले चर्चित स्कर्पियोको नयाँ अवतार ‘अल–न्यू–स्कार्पियो–एनलाई अनावरण गरेको हो ।

कार्यदक्षता, प्रविधि, क्षमता र नवीन अविष्कारको संयोजन रहेको अल–न्यु स्कार्पियो एनले महिन्द्राको प्रमाणिक एसभीयु डिएनको विरासत जीवित राख्दै अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

महिन्द्राले लन्च गरेको उक्त स्कार्पियोलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइनप, कमान्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्रि साजसज्जासहित पुनः परिभाषित गरी डि–सेगमेन्ट एसयुभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले बताएको छ ।

साथै पूर्णत आधुनिक डिजाइन, हाइटेक सुरक्षा फिचर, सुरक्षाको हिसाबले अब्बल रहेको कम्पनीले दाबी गरेको छ ।

यस्ता छन् फिचर्स
अल–न्यु स्कार्पियो–एनको अनावरणले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गरेको छ । कम्पनीलाई एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका लागि नयाँ लोगो राखिएको छ । यसमा ट्विन पिक’ लोगोले साहसिक रुपमा अघि बढेको नयाँ दिशााको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले यस गाडीालई ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको भनेको छ । पार्किङका लागि रियर क्यामेरा पनि छ । गाडीका झ्यालमा मेटालिक सिग्नेचर टेल इलिमेन्ट पनि छ । डायमन्ट कट एलोए ह्विल र एलइडी प्रोजेक्टर फग ल्याम्प पनि राखिएको छ ।

गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालेन ग्रिल प्रयोग गरिएको छ । सिग्नेचर डुअल ब्यारेल हेडल्याम्प छ । गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’ पनि राखिएको छ ।

साथै सुरक्षितका आधारमा यो गाडी अब्बल रहेको कम्पनीको भनाई छ । कम्पनीका अनुसार सुरक्षाका हिसाबले यसमा विभिन्न सुरक्षा सुविधाहरु राखिएका छन् । ६ वटा एयरब्याग, एडभान्स ईएससी, ड्राइभर ड्रोजिनेस डिटेक्सन, एडभान्स सिट रिस्ट्रेन्स, कोलेप्सिबल स्टेयरिङ र थप धेरै सुरक्षा सुविधाहरु रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*