सूर्या र ज्योति लाइफको शेयर कारोबार रोक्का

१३ असार २०७९, सोमबार ११:४९

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने आइतबार सहमतिपत्रमा हस्ताक्षर भएसँगै नेप्सेले आजदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच आइतबार साझ प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । सूर्या लाइफका तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर सरेसँगै आजदेखि नेप्सेले दुवैको शेयर कारोबार रोक्का गरिदिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*