मर्जर प्रस्ताव राख्दै प्रभु इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले सभा असार २८ गते कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो ।
प्रभु इन्स्योरेन्सले बीमा समितिको निर्देशनलाई पालना गर्दै पुँजीबृद्धीको लागि अन्य कुनै निर्जिबन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्ताव गर्दै साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको हो ।
सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार असार १९ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।