सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्ने

१२ असार २०७९, आईतवार १८:५९

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन ।

होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मर्जर सम्बन्धी सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका हुन् ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा मर्जर भए मर्जर पश्चत बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ ।

यद्पी दुबै कम्पनीको डिडिए पश्चात मात्रै स्वाप रेसियो कायम हुनेछ ।बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*