आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘बालकिरण जीवन बीमा योजना’

१२ असार २०७९, आईतवार १६:३७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘आइएमई बालकिरण जीवन बीमा’ योजना ल्याएको छ । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफले एक प्रेस बिज्ञप्ति जारी गरी उक्त योजना बीमितहरुमाझ ल्याएको हो ।

कम्पनीले ल्याएको उक्त योजना बीमितहरुमा लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुने बीमालेख भएको दाबी गरेको छ ।

बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त बिज्ञप्ति मार्फत् बताएका छन् ।

खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी सिइओ फुयाँलले दिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*