प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर छिट्टै

१२ असार २०७९, आईतवार ०७:०८

काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् ।

दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिनेछ । बीमा समितिलाई जसरी पनि चाहिएको मर्जर पूरा गर्न दुई कम्पनीहरु तयार भएका हुन् । बीमा समितिले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन आईपिओ अघि नै पुँजि बृद्धि गर्ने निर्णय गरेको महालक्ष्मी लाइफको चुक्ता पुँजि छिट्टै तीन अर्बभन्दा माथि हुनेछ ।

मर्जरमा जाँदा पुँजिका कारण प्रभु लाइफलाई महालक्ष्मी लाइफले डोमिनेट गर्नेछ भने आईपिओ जारी नभएको कम्पनीले कसरी मर्जरमा जाने भन्ने अर्को कानुनी समस्या समेत उत्पन्न हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*