जन्मदिनमा बुहारीलाई सूर्या लाइफको बीमा पोलिसी उपहार

११ असार २०७९, शनिबार १०:०८

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । बिबाह, जन्मदिन, बिबाह उत्सव र पास्नीजस्ता उत्सवमा आफ्ना परिवार, आफन्त, इष्टमित्र तथा साथीभाईलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच सिद्धार्थनगरपालिका–६ की सम्झना रेग्मीले आफ्नी बुहारी अर्चना खरेलको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । उनले जन्मदिनमा सूर्या लाइफ इन्स्योरेन्स भैरहवा शाखाबाट जीवन बीमा पोलिसी खरिद गरेर बीमा उपहार दिएकी हुन् । सम्झना सूर्या लाइफ भैरहवा शाखाका एजेन्सि म्यानेजर समेत रहेकी छिन् ।

भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण उनले अन्य भौतिक बस्तु भन्दा बीमा पोलिसी उपहार दिएकी बताइन् । विभिन्न पर्व, उत्सव, पास्नी तथा जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम सुरक्षण हुने भएकोले उनले आफ्नी बुहारीलाई २ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएको बताइन् ।

रेग्मीले ‘सूर्या सुसंरक्षित सावधिक जीवन बीमा योजना’ खरिद गरिदिएकी हुन् । जसमा न्युनतम १५ वर्षदेखि अधिकतम ६० वर्षसम्मकोले उक्त बीमा खरिद गर्न सक्नेछन् । यस योजनाको न्युनतम अवधि ५ वर्ष र अधिकतम अवधि ५५ वर्षसम्मको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*