काठमाडौं महानगरपालिकाद्धारा साढे २५ अर्बको बजेट प्रस्तुत

१० असार २०७९, शुक्रबार १८:१७

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।८० का लागि २५ अर्ब ४२ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबारका दिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको अधिवेशनमा बजेट पेश गरेकी हुन् । जसमा कार्यालय सञ्चालनतर्फ ४ अर्ब ६८ करोड बजेट छुट्याइएको छ । त्यस्तै, पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

उक्त बिनियोन गरेको बजेट महानगरबासीको हितमा रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*