मर्जर प्रस्ताव राखेर प्रभु लाइफद्धारा विशेष साधारण सभा आह्वान

८ असार २०७९, बुधबार १०:४४

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले सभा असार २३ गते बिहिबार आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो ।

नियमक निकाय बीमा समितिले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी बृद्धि गर्ने उक्त सभाको विशेष प्रस्ताव रहेको छ ।
साथै उक्त सभाले पुँजी बृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तत् व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसबाहेक संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुका नियुक्ती अनुमोदन गर्ने पनि सभाको विशेष प्रस्ताव रहेको छ ।

बीमा समितिले आगामी चैत मसान्तभित्रमा सबै बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्न निर्देशन दिएसँगै प्रभु लाइफले सो निर्देशनलाई सम्बोधन गर्दै पुँजी बृद्धि गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको हो ।

इन्स्स्योरेन्सले हकप्रदको बाटो नरोजी अन्य कुनै जीवन बीमा कम्पनीसँग एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने विषयमा छलफल गर्न विशेष साधारण सभा आह्वान गरेको हो । मर्जरका उपयुक्त पार्टनर रोजी समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन पेश गर्ने, जस्ता मर्जरका सबै प्रक्रियाको कार्य गर्न संचालक समितिलाई खख्तियारी प्रदान गर्न विशेष साधारण सभा आह्वान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*