प्रभु इन्स्योरेन्सको संचालक परिवर्तन

८ असार २०७९, बुधबार १०:३१

काठमाडौं । प्रमु इन्स्योरेन्स लिमिटेडको संचालक परिवर्तन गरिएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक हेरफेर गरेको जनाएको हो ।

इन्स्योरेन्सको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ्ग प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा सो कम्पनीको पत्रद्धारा प्रालिकै तर्फबाट प्रतिनिधित्व गर्ने शिक्षा भट्टचनलाई चयन गरि पठाएकोमा उनलाई कम्पनीको संचालक समितिमा चयन गरेको हो ।

प्रभु इन्स्योरेन्सको असार ७ मा बसेको संचालक समितिको बैठकले भट्टचनलाई कम्पनीको संचालक समितिमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*