नेपाल पुनर्बीमा कम्पनीको मुनाफा घट्यो, बीमा समितिको कारण कम्पनी अप्ठ्यारोमा

६ असार २०७९, सोमबार १२:०७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन र निर्जीवन बीमा व्यावसायबाट रू। २९ करोड १४ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई अनिवार्य रुपमा दिनै पर्ने २० व्यवसाय आरक्षण खोसेसँगै कम्पनीको मुनाफामा यस्को असर देखिएको छ। समितिले यो वर्षको लागि कम्पनीले पाउँदै आएको २० प्रतिशत व्यवसाय मध्ये १० प्रतिशत हिमालयन रिलाई दिने निर्णय गरेको हो ।

समितिले उक्त निर्देशन दिएसागै जीवन र निर्जिवन बीमा कम्पनीहरुलाई फर्काउन यसअघि केही कार्यक्रम आयोजना नगर्ने पुनर्बीमा कम्पनीले वैदेशिक भ्रमण र स्वदेशी भ्रमणको कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

चालु आर्थिक दोस्रो त्रैमाससम्म कम्पनीले निर्जीवन व्यवसायमार्फत रू। ३३ करोड ६१ लाख कमाएकोमा र जीवन व्यवसायमा भने रू। ४ करोड ४७ लाख खुद नोक्सानी छ । वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा नाफा ४५ दशमलव ७२ प्रतिशतले कमी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय मार्फत ५३ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा कुल रू। ५ अर्ब ५८ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको दोस्रो त्रैमाससम्ममा कुल रू।४ अर्ब १२ करोड आर्जन गरेको थियो ।

गत आवको तुलनामा चालू आवमा बीमा कोषको रकम भने ८७ दशमलव ४८ प्रतिशत घटेको छ । कम्पनीको बीमा कोषमा रू। २५ करोड ४७ लाख जम्मा भएको छ । गत आवको पुस मसान्तसम्म यो कोषमा रू। २ अर्ब ३ करोड ५३ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू। ११ अर्ब ६५ करोड पुगेको छ । गत आवको पुस मसान्तसम्म कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ थियो । कम्पनीले १६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गरेसँगै चुक्तापूँजी वृद्धि भएको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले निर्जीवन र जीवन व्यवसायको जगेडा कोषमा रू। ४ अर्ब १३ करोड रहेको छ ।
गत आवको तुलनामा कम्पनीको जगेडा कोषको रकम १८ दशमलव ३८ प्रतिशतले बढेको हो ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू। ५ दशमलव ००३ ९वार्षिकीकरण० ,मूल्य आम्दानी अनुपात २५५ दशमलव २४ र प्रतिशेयर नेटवर्थ रू। १५७ दशमलव ३३ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*