बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, २८ हजार ९३० कित्ता शेयर रद्द

३ असार २०७९, शुक्रबार १५:३८

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा भएको हो ।कम्पनीको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट १ लाख ३६ हजार ५०० जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरको लागि आवेदन परेको छ । आइपीओमा १६।०७ गुणाको आवेदन परेको हुँदा आज बाँडफाड गरिएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि आज बाँडफाँड सम्पन्न भएको हो । आईपीओ परेको २ हजार ४८४ जनाबाट परेको २८ हजार ९३० कित्ता सेयर रद्द गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*