सूर्या लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

३ असार २०७९, शुक्रबार १०:५२

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लुम्बिनी प्रदेशको दियालो फुडल्याण्ड बुटवलमा सम्पन्न भएको हो ।

प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा २ सयजना भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।

प्रदेश प्रमुख, किरण गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटेका थिए ।

सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिसी हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खड्काले सम्मान गरेका थिए । साथै सीइओ खड्काले उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण समेत दिएका दिए । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने उनले बताए ।

अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको उनले बताए । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको उनले जानकारी पनि गराए । कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*