मर्जरलाई अन्तिम रुप दिन हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

१ असार २०७९, बुधबार १३:५७

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरमा जाने प्रस्ताव पारित गर्न भोलि (जेठ २ गते) विशेष साधारण सभा बस्दैछन् । यी दुवै कम्पनीले छुट्टाछुट्टै स्थानमा साधारण सभा आह्वान गरेको हो ।

हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट होटल, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी साधारण सभा आह्वान गरेको हो । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

यी दुवै कम्पनीले एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने विशेष प्रस्ताव उक्त सभामार्फत अनुमोदन गरि पारित गर्नेछन् । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स १००ः८५ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर बराबर एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर हुनेछ ।

यी दुवै कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने सहमति भएको थियो । दुवै कम्पनीका अधिकारीले मर्जरमा जाने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका थिए ।

नियमक निकाय बीमा समितिले जिर्जिबन बीमा कम्पनीहरुको चुक्तापुँजी चैत मसान्तभित्र न्युनतम २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएबमोजिम हिमालन जनरल र एभरेष्ट इन्स्योरेन्स एकआपसमा गाभिन लागेका हुन् ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब २५ करोड ४६ लाख २० हजार रुपैयाँ रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब १७ करोड ३१ लाख १२ हजार रुपैयाँ रहेको छ । मर्जरपछि पनि बीमा समितिले तोकेको साढे दुई अर्ब चुक्तापुँजी भने अझै नपुग्ने देखिएको छ ।

एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सले ६.६५ प्रतिशत बोनस शेयर दिने निर्णय अझै कार्यान्वयन हुन बाँकी नै छ । चुक्तापुँजीबाट शेयरधनीहरुलाई बोनस शेयर कटौती गर्दा चुक्तापुँजी २ अर्ब माथि नपुग्ने देखिन्छ ।

बीमा समितिले पुँजी बृद्धिको योजना ल्याएपछि दुवै कम्पनीले हकप्रद शेयर निष्काशन नगरी मर्जरमा जाने बाटो रोजेका हुन्

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*