सीजीको नेटा विद्युतीय सवारीमा क्रान्ति, सात लाखमै कार, पेट्रोलको मूल्यमा किस्ता

१ असार २०७९, बुधबार ११:५५

काठमाण्डौ । हालै मात्रै चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोमोवाइल्ससँगको सहकार्यमा नेटा ब्राण्डको विद्युतीय कार नेपाल भित्राएको चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले मध्यमस्तरीय नेपालीहरुका लागि कार चढ्ने सपना सजिलै पुरा गरिदिएको छ । फाइनान्स सुविधा अन्तर्गत करिब सात लाख रुपैयाँमा नै सर्वसाधारणले नेटा कार पाउनेछन् भने पेट्रोल, मोबिल र सर्भिसिङ गर्ने खर्चले मासिक रुपमा किस्ता तिर्न सक्नेछन् ।

यसले नेपाली अटो बजारमा एउटा क्रान्ति ल्याउने सीजी मोटर्सका हेमन्त अग्रवालको धारणा छ । आम सर्वसाधारणले मोटरसाइकलको मूल्यमा केही रकम थप गर्ने वित्तिकै कार घर लैजान सक्नेछन् । विद्युतीय सवारी साधनलाई सरकारले ८०ः२० प्रतिशत रेसियोमा ऋण सुविधा उपलब्ध गराएको छ । कूल ३८ लाख मूल्य रहेको नेटा कारको लागि सात लाख ६० हजार रुपैयाँ भुक्तानी गरेपछि नबिल बैंक र प्रभु बैंकसँगको सहकार्यमा बाँकी रकम बैंक ऋणमा किस्ताबन्दीमा पाइनेछ । पेट्रोल डिजेल हाल्नु नपर्ने र महंगो सर्भिसिङ गर्नु नपर्ने नेता कार खरिद गरेपछि इन्धन, मोबिल तथा सर्भिसिङ खर्च बापतको रकम मासिक रुपमा किस्ता तिरेर सवारी साधन आफ्नो बनाउन सक्नेछन् ।

सीजी मोटर्सले गाडीमा ८० प्रतिशतसम्म फाइनान्स गर्न सुविधा सहित २० प्रतिशतको डाउनपेमेन्टमा बुकिङ गरेर घर लैजान सकिने जनाएको छ । बाँकी रकम किस्ताबन्दीमा सजिलै भुक्तानी गर्न सकिन्छ । उक्त कारको सञ्चालन खर्च दैनिक २०० देखि ३०० रुपैयाँ (पार्किङ बाहेक) ले पुग्नेछ । सञ्चालन खर्च कम हुने हुँदा इन्धन बापतको मासिक खर्च र मोबिल लगायतका सर्भिसिङ खर्चहरुले बैंकमा बुझाउनुपर्ने किस्ताको ५० प्रतिशतभन्दा बढि पुग्नेछ । इन्धन र मोबिल लगायतका खर्चमा सामान्य रकम थप गर्ने वित्तिकै किस्ताबन्दी बापतको रकम तिर्न पुग्ने हुँदा सिजीको नेटा मध्यमबर्गका बीचमा लोकप्रिय हुने देखिएको छ । सीजीले दिएको जानकारी अनुसार हाल सम्ममा पाँच दर्जनभन्दा बढि गाडी बुकिङ्ग भएको र आगामी असाढ भित्रै ग्राहकको हातमा पुर्याउने बताएको छ ।

प्रतिस्पर्धी कम्पनीहरुको तुलनामा शक्तिशाली ब्याट्री रहेको नेटा कारमा ब्याट्रीमा रहेको अटोमेटिक तापक्रम एडजस्टरले चिसो र तातो दुवै ठाउँमा चलाउन मिल्ने कम्पनीले जनाएको छ ।

विद्युती माइक्रोबस नेपाल भित्राउन लागेको जनाएको छ । ११ सिट क्षमता भएको उक्त माइकोबसको मुल्य करीब ४२ लाख रहने अनुमान गरीएको छ ।

नेपालको बजारमा एकाधिकार जमाएका अन्य कम्पनी भन्दा निकै सस्तो विद्युतीय कार विक्री गरेको भन्दै आलोचना खेपिरहेको सीजीले थप निटा ब्राण्डकै माइक्रोबस भित्राउन लागेको बताएको छ । नेपालमा परिक्षणसमेत सफल भइसकेको माइकोबस अबको केहि दिनमा नै सार्वजनिक गरीने जनाएको छ । सो माइक्रोस एक पटकको चार्जमा ३०० किमी चलाउन सकिने छ । निटाका सबै गाडी घरको सामान्य पल्कबाट समेत चार्ज गर्न सकिन्छन् ।

 

‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभई सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ’, सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरी काम गर्दैछौँ।’ सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वकसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेका अग्रवालले बताए। ‘हामी उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन तयार छौँ’, उनले भने, ‘उत्कृष्ट शोरुम तथा वर्कसप र हाइवेहरु तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीव्रताका साथ अघि बढाइरहेका छौँ।’

त्यस्तै, सीजी मोटर्सले १।५ र २।५ टन क्षमताको विद्युतीय पिकअपसमेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । सीजीको विद्युतिय सवारी वर्कसप समेत अबको केहि दिनमा ललितपुरको खुमलटारमा संचालनमा आउने छ । सीजी मोटसले करिब डेढ बर्षको लामो खेज र अनुसन्धान पछि नेपाली माटो सुहाउँदो निटा ब्रण्डको गाडी नेपाल ल्याउने निर्णयमा पुगेको जनाएको छ । हालै मात्र सार्वजनिक भएको निट भि दुई बर्ष अगाडि चिनमा विक्री गर्न थालिएको थियो ।

निटा भीका यस्ता छन् विशेषताहरु
निटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिनेछ । निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । निटाको बडि अमेरीकी कार उत्पादको कम्पनी टेस्लाको म्योफ्याचरीङ प्लाण्टमा उत्पादन गरिएको कारण एरोडाइनामकि डिजाइन निकै प्रभावकारी रहेको कम्पनीका सेल्स म्यानेजर दीपक थापाको भनाई छ ।

निटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टासम्म दौडन सक्छ भने ५ सेकेण्डमा ५० किमीको गतिमा स्पीड लिन सक्छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ । फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट÷९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

चार्जर सुविधा
घरको एसी चार्जरबाट फुल चार्ज हुन्छ ८ घण्टा र डीसी फास्ट चार्जरबाट २० मिनेटमै ८० प्रतिशत चार्ज हुनसक्छ । सुरुमा गाडीसँगै आउने ३.३ वाटको चार्जरमा कम्पनीले ६.६ वाटको चार्जर निःशुल्क दिने जनाएको छ ।

संरचना र ग्राउण्ड क्लीयरेन्स
नेटा भी गाडीको लम्बाइ ४.७ मिटर चौडाइ १।६९ मिटर र उचाइ १।५४ एमएम छ । ह्विलबेस २४२० रहदाँ गाडीको तौल ११५१ केजी रहेको छ । गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ ।

सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ
नेपाली बजारमा निटा भीको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६।६ किलोवाटको फास्ट चार्जर र एक वर्षको बीमाको बीमा निःशुल्क उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । विभिन्न ५ कलरमा उपलब्ध छ हुने नेटा भी तुलनात्मक कम्पनीहरु भन्दा सस्तो र लोभलाग्दो देखिएकोले पनि बजारमा सजिलै ग्राहकको मन जित्ने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*