नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन, नयाँ ४ संचालक निर्वाचित

३१ जेष्ठ २०७९, मंगलवार १०:५५

काठमाडौं । नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा नियुक्त भएका छन् । कम्पनीको जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाबाट पौडेल संचालक समितिको अध्यक्षमा सर्वसम्मतीबाट चयन भएका हुन् ।

कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले पौडेललाई कम्पनीको संचालक समितिको अध्यक्षमा चयन गरेका हुन् ।

साथै सोही साधारण सभाबाट नयाँ संचालक समिति समेत गठन भएको छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधराण समूहतर्फबाट प्रतिनिधित्व गर्ने २ जना गरी कुल ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

संस्थापक शेयरधनी समूहतर्फबाट चन्द्रसिंह साउद र विष्णु खेतान अग्रवाल रहेका छन् भने सर्वसाधारण शेयरधनी समूहतफर्ःबाट सविता श्रेष्ठ जोशी र अर्जुन पौडेल शर्मा निर्वाचित भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*