बीमा समितिले मन्त्री रिझाउन बजेटमा आएको राष्ट्रिय बीमा नीतिबारे गरे सुटुक्क छलफल

२८ जेष्ठ २०७९, शनिबार १४:२६

काठमाडौं । बीमा समितिले बजेटमा आएको राष्ट्रिय बीमा नितीबारे छुटै छलफल सम्पन्न गरेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बीमा समितिले दुई दिने रिफ्रेसमेन्टसहितको छलफल आयोजना गरेको हो ।

बीमा समितिकै कर्मचारी र पत्रकारहरुलाई जानकारी नै नदिई अध्यक्ष सूर्यप्रसाद सिलवालले टेरिस रिसोर्ट लाकुरीभञ्ज्याङमा अर्थमन्त्री र अर्थमन्त्रालयका सचिव तथा कर्मचारीहरुलाई रिझाउन दुई दिने छलफल आयोजना गरेको कर्मचारीहरुको आरोप लगाएका छन् । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा राष्ट्रिय बीमा नीति बनाउने बताएसंगै सो बारे छलफल सुरु गरेको छ ।

बीमा समितिको आयोजनामा भएको २ दिने छलफलमा बीमा नीति कस्तो हुानुपर्छ भन्ने विषयमा बीमा समितका निर्देशक सुशीलदेव सुवेदीले कार्यपत्र पेश गरेका थिए । छलफलमा राजश्व सचिव कृष्णहरी पुष्करसहितको टोली ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका थिए ।

कार्यक्रममाअर्थमन्त्री जनार्दन शर्मा, अर्थमन्त्रालयका प्रतिनिधी, बीमा समितिका निर्देशकहरु, स्वास्थ्य उद्योग, कृषि शहरी विकास र कानुन मन्त्रालयका प्रतिनिधीहरुको सहभागीतामा छलफल भएको बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*