नियम विपरित हिमालयन रिइन्स्योरेन्सले गर्यो प्रिमियममा आइपीओ निष्काशन प्रस्ताव पारित

२७ जेष्ठ २०७९, शुक्रबार १७:३८

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले नियम विपरित सर्वसाधारणको लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले विशेष साधारण सभा मार्फत उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभा होटल अल्फट, ठमेल काठमाडौंमा सम्पन्न भएको थियो ।

हिमालयन रिले प्रचलित कानून बमोजिम प्रिमियममा आईपीओ जारी गर्नै नपाउने भए पनि विशेष साधारणसभाको प्रस्ताव आज बिशेष साधारणसभा मार्फत पारित गरेको छ। बाकी प्रिमियममा आईपीओ जारी गर्नका लागि कम्पनीले पुर्याउनु पर्ने न्युनतम मापदण्ड समेत पुर्याएको छैन ।कम्पनी सञ्चालनमा आएको एक वर्ष पनि भएको छैन ।

कम्पनी ऐनको दफा २९ को उपदफा १ मा प्रिमियममा सेयर जारी गर्न सक्ने व्यवस्था रहेको छ । सोही दफाको उपदफा (४) मा भने यस्तो शेयर जारी गर्न तीन वर्षको लेखा परीक्षण भएको विवरण पेश गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले पनि प्रिमियममा आईपीओ जारी गर्न केही मापदण्ड तोकेको छ ।

उक्त नियमावलीको २०७३ को दफा ९ को उपदफा २ मा कारोबार गरेको पुरा एक आर्थिक बर्षको लेखापरिक्षण भएको वित्तीय विवरण सार्वजनिक गरेपछि साधारणसभा बोलाउनु पर्छ । साधारणसभाले पारित गरेपछि मात्रै यस्तो गर्न पाइन्छ ।

धितोपत्रको सोही नियमावलीको दफा २५ को क, क १, क २, ख, ग र ‘घ’ मा प्रिमियमममा शेयर निष्कासन गर्ने ब्यवस्था छ । तर यसका लागि पछिल्लो तीन वर्ष खुद मुनाफा भएको हुनु पर्ने, नेटवर्थ बढि हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन् ।
यी नियमलाई मिच्दै कम्पनीले बिशेष प्रस्तावमा प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको संचालकले पारित गरेपनि नियामनकारी निकाय बीमा समिति र बोर्डबाट भने पारित हुँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*