क्रेडिट रेटिङमा सिटिजन लाइफको प्रगती, इक्राद्धारा ट्रिपल बी रेटिङ प्रदान

२७ जेष्ठ २०७९, शुक्रबार १२:०५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इक्रा नेपालबाट पाएको रेटिङ अपग्रेड गरेको छ । कम्पनीले इक्रा नेपालबाट इक्रा एनपी आइआर बीबीबी रेटिङ प्राप्त गरेको हो ।

इक्रा नेपालले कम्पनीलाई विगतमा  (इक्रा–आइआर) बीबीबी माइनस रेटिङ प्रदान गरेको थियो । उक्त रेटिङलाई कम्पनीले थप अद्यावधिक गराउँदै थप एक स्टेप माथि एनपी आइआर ट्रिपल बी रेटिङमा अपग्रेड गरेको हो ।

उक्त रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*