नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत बराबर मात्र रहने विश्व बैंकको प्रक्षेपण
२६ जेष्ठ २०७९, बिहीबार ०५:३४
काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत बराबर मात्र रहने विश्व बैंकले प्रक्षेपण सार्वजनिक गरेको छ । सन् २०२२र२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत बराबर मात्र रहने विश्व बैंकले प्रक्षेपण सार्वजनिक गरेको हो ।
विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यसअघिको प्रक्षेपणभन्दा ०।२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो । त्यस्तै अर्को वर्ष २०२३र२४ का लागि नेपालले ५।८ प्रतिशतको वृद्धिदर हासिल गर्ने विश्व बैंकको अनुमान छ ।
नेपालले भने आर्थिक वर्ष २०७८र७९ का लागि ५।८४ र आर्थिक वर्ष २०७९र८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।