कोरोना बीमाको दावी भुक्तानीको लागि रमेश केसीका संयोजकत्वमा समिति गठन

२४ जेष्ठ २०७९, मंगलवार १७:४७

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालयका सह सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

पटक पटक दाबी भुक्तानी दिने तयारी गरिएको भएपनि भुक्तानी नभएको हुँदा सरकारले समिति नै बनाएर दावी भुक्तानी दिने प्रक्रिया अघि बढाएको हो ।

स्रोतका अनुसार अर्थमन्त्रालयको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश कुमार केसीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा राजश्व महाशाखा प्रमुख भूपाल बराल र बजेट महाशाखाका प्रमुख चक्र बहादुर बुढा सदस्य रहेका छन् ।

उक्त समितिले हाल सम्म कोरोना बीमा दाबी भुक्तानीमा भएका गतिविधि र अन्य बिषयमा अध्ययन गरि भुक्तानी गर्न अर्थ मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नेछ । कोरोना बीमा पोलिसी बिक्री गरी बीमा कम्पनीले दावी भुक्तानी नदिएको भन्दै परेको रिटमाथि बीमा कम्पनीले नै दावी भुक्तानी गर्नुपर्ने ठहर उच्च अदालत विराटनगरले गरेपछि सरकारले कारोना बीमाको दावी भुक्तानी गर्न समिति गठन गरेको हो ।
कोरोना बीमा गराएका बीमितिहरुको सवा ११ अर्ब रूपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*