आइएमई लाइफ जितपुर शाखाद्धारा २१ लाख मृत्यु दावी भुक्तानी

२४ जेष्ठ २०७९, मंगलवार ०८:१३

काठमाडौं । आइएमई लाइफको रुपन्देही जिल्लाको जितपुर शाखाले २१ लाख २० हजार १८८ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । आइएमई लाइफमा जीवन बीमा गरेका सैनामैना –१, रुपन्देहीका हरि बहादुर पाण्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनिले निजको इच्छाएको ब्यक्ति बुबा गुम बहादुर पाण्डेलाई २१ लाख २० हजार १ सय ८८ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

बीमा गरेपछि एक लाख ४५ हजारका दरले ३ वटा किस्तामात्रै बुझाएका पाण्डे परिवारका आश्रित परिवारको भविष्य सुनिश्चित हुन पुगेको छ । आश्रित परिवारका सदस्यहरुको शिक्षा दिक्षामा उक्त रकम खर्च गरिने परिवारका सदस्यहरुले जनाएका छन् । उक्त कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेना, तालिम बिभाग प्रमुख सुनिल आचार्य, क्षेत्रीय शाखा प्रमुख राजेन्द्र पन्थी लगाएत समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कम्पनीले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै मृतकका बाबु हरी बहादुर पाण्डेले बीमा रकमलाई पैसा वा नगदसँग नदाँजी मानिसको मृत्युपछि आश्रित परिवारको भविष्यसँग जोडेर हेर्नुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*