आईतबारे बिदा खारेज गर्ने सरकारको निर्णय, असार १ गतेदेखि हप्तामा छ दिन कार्यालय खुल्ने

२३ जेष्ठ २०७९, सोमबार २०:१४

काठमाडौं । सरकारले आईतबारे विदा खारेज गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आइतबारे विदा खारेज गर्ने निर्णय गरेको हो । परिक्षणको रुपमा जेठ १ गतेदेखि लागू गरेको यस्तो निर्णय दुई साता अघिदेखि नै खारेज गर्ने प्रक्रिया सुरु गरेको सरकारले औपचारिक निर्णय आज मात्रै गरेको हो ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । सो निर्णय दुई महिना नपुग्दै असफल भएपछि खारेज गर्ने निर्णय गरिएको हो । उक्त निर्णय खारेजसँग अब सातामा छ दिन कार्यालय खुल्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*