ठूला निर्माण परियोजनाहरुमा वर्चस्व जमाउदै मङ्गलम

२३ जेष्ठ २०७९, सोमबार १५:२९

काठमाडौं । बजारमा पाइपका प्रशस्त ब्रान्डहरु उपलब्ध रहेका छन्, ती मध्य धेरै सुनिने र उपभोक्ताहरुमा लोकप्रिय ब्रान्ड हो मङ्गलम पाइप्स । मङ्गलम पाईप्स विदेशी उत्पादनहरूलाइ प्रतिस्थापन गर्ने उद्देश्यले २००९ देखि ठुलो लगानीको साथ नेपालमै उत्पादन गरिने नेपाली ब्रान्ड हो ।

भैरहवामा मङ्गलम पाईप्सकोे अन्तर्राष्ट्रिय स्तरको फ्याक्ट्री रहेको छ । नेपालको सबैभन्दा बढी उत्पादन क्षमता भएको मङ्गलम पाइप्स गुणस्तरको मामलामा पनि निकै अगाडि छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त मङ्गलम पाइप्स पछिल्लो समय आफ्ना प्रोजेक्ट्सहरुको कारणले पनि थप चर्चामा छ ।

जापानी कच्चा पदार्थ प्रयोग गरी जर्मन प्रबिधिबाट उत्पादन गरिने मङ्गलम पाईप्सले ल्क्, क्ष्क्क्ष्, क्ष्क्इ लगायतको मान्यता पाएको छ । यी सब विशेषताकै कारणले पनि होला मङ्गलमका पाइपहरु साना– साना घर निर्माणदेखि ठुला–ठुला होटल, अस्पताल, शैक्षिक संस्थाका भवन निर्माणमा पनि उतिकै रुचाइएको देखिन्छ ।

ग्राहकको विश्वसनीयता र प्लम्बिंग प्रणालीको आवश्यकताहरू ध्यानमा राख्दै आफ्ना उत्पादनहरु बजारमा ल्याइरहेको मंगलम पाइप्स नेपालका धेरै प्रतिष्ठित सरकारी र निजी परियोजनाहरूको हिस्सा रहेको छ जस अन्तर्गत आतिथ्य, चिकित्सा, औद्योगिक, वाणिज्य, आवासीय र अन्य धेरै विकासका परियोजनाहरू समावेश छन् ।

काठमाडौको वीर अस्पतालको नयाँ भवनको सर्जिकल ब्लक निर्माणमा मङ्गलम पाइप्सको सीपीभीसी र पीभीसी पाइपको प्रयोग भएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ आगमन भवन तथा नेपाल क्यान्सर अस्पतालमा रिपेयरिङ्गको लागि पनि मङ्गलम पाइप्स नै रुचाइयो। त्यसै गरि भैरहवा स्थित टाइगर प्यालेस रिसोर्ट र पांच तारे पवन प्यालेस होटेलमा त झन पूर्ण रुपमै मङ्गलम पाइप्स प्रयोग भएको छ ।

त्यस्तै ग्रामीण भेगमा पानीको आयातको लागि पनि मङ्गलमको एचडिपिई पाइप्स धेरै नै प्रयोगमा आउने गरेको छ । केहि समय अगाडि मात्र पाल्पाको खानेपानी विभागले करोडाँै रुपैँयाको मंगलमको एचडिपिइ पाइप्स खरिद गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*