जनउत्थान लघुवित्तको सिइओ र स्वतन्त्र संचालकले एकैपटक दिए राजिनामा, निमित्त सिइओको जिम्मेवारी इन्द्र बरालीलाई
२३ जेष्ठ २०७९, सोमबार १०:१२
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अकिकृत (सिइओ) श्रीराम पोखरेल र स्वतन्त्र संचालक तिल कुमारी गुङले राजीनामा दिएका छन् ।
दुवैले आफ्नो व्यक्तिगत कारण देखाई आ–आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको जेठ २१ गते बसेको संचालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो ।
साथै सोही बैठकले हाललाई संस्थामा बरिष्ठ अधिकृत पदमा कार्यरत इन्द्र बरालीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।