हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष हिस्सा दिने बीमा समितिको निर्णयमाथि नेपाल पुनर्बीमा कम्पनीको गम्भिर ध्यानाकर्षण

२२ जेष्ठ २०७९, आईतवार २०:२४

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले निजि पुनर्बीमा कम्पनी हिमालयन रिलाई अर्बौको फाइदा हुने गरी गरेको निर्णयमाथि नेपाल पुनर्बीमा कम्पनीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले अर्थमन्त्रालयमा बुझाएको पत्रमा नेपाल पुनर्बीमा कम्पनीले बजेट बक्तव्यमार्फत कानुन सरह लागू हुँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सा खोस्ने बीमा समिति सञ्चालक समितिको निर्णय र सोही निर्णयको जगमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले २०७९ जेठ ५ गते जारी गरेको निर्देशनप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो हिस्सा खोसेर हिमालयन रिलाई दिने बीमा समितिको निर्णय नमान्ने संकेत गर्दै अर्थमन्त्रालय र बीमा समितिमा पत्राचार गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको बैठकले नै बीमा समितिको निर्णयमाथि गम्भिर ध्यानाकर्षण भएको जनाउने सम्बन्धी निर्णय गरेर संस्थागत रुपमा अघि बढ्ने निर्णय गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले बीमा समितिको निर्णय र नियामक निकायको हैसियतमा गरेको निर्णयले कोरोना बीमामा बिना शर्त एक अर्ब रुपैयाँ योगदान गरेको कम्पनीमाथि अन्याय गरेको उल्लेख गरिएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले माफिया र दलालसँग मिलेर करोडौं रुपैयाँ घुस सेटिङमा २०७९ बैशाख २८ गते र यही जेठ ५ गते दुई फरक फरक निर्णयमार्फत निजि बीमा कम्पनी हिमालयन रिलाई बार्षिक साढे छ अर्बभन्दा बढि रुपैयाँ आम्दानी ग्यारेन्टी गराउने निर्णय गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*