सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

२२ जेष्ठ २०७९, आईतवार १९:०७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लमजुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो ।

जनमानसमा बीमाको महत्व, बिमा दाबि भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभियन्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्न गइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*