ज्योति लाइफका गो डिजिटल क्यापियन सुरु

२२ जेष्ठ २०७९, आईतवार १८:३०

काठमाडौं । आफनो सेवा प्रारम्भ देखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकतमा राखी अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको यस कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले “गो डिजिटल क्यापियन ” को शुरुवात गरेको छ ।

यो क्याम्पियन को पहिलो कार्यक्रम बाग्मती प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितमा केन्द्रिय कार्यलयको तालिम हलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाईफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, क्यू आर कोड मार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिका, ज्योति लाइफ को माध्यमबाट आफुलाइ आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरुको बारेमा जानकारीमुलक प्रस्तुति दिदैं प्रविधिको उपयोगबाट लिन सकिने फाइदाहरुको बारेमा जानकारी दिनु भएको थियो ।

सहभागिहरुसंग दैनिक जिवनमा आइपर्ने कार्यमा डिजिटद च्यानलको उपयोग सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । सोही कार्यक्रम मार्फत अभिकर्ताहरुलाइ उपयोगि हुने भिडियो समेत सार्बजनिक गरिएको छ । कार्यक्रममा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस्ता किसिमका कार्यक्रमहरु क्रमशः प्रादेशिक स्तरमा विस्तार गर्दै प्रविधिको उपयोगमा सबैलाइ सहभागि गराउन प्रयास गर्ने कम्पनीको योजना रहेको छ र यसबाट उच्चतम लाभ लिन सबै पक्षलाइ विशेष अनुरोध गर्दछौं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*