राम कुमारी झाँकी मन्त्रीबाट हट्दै, सबै मन्त्री फेर्न एकीकृत समाजवादी पार्टीको निर्णय

२२ जेष्ठ २०७९, आईतवार १६:०९

काठमाडौं । वर्तमान सरकारका चर्चित राम कुमार झाँक्री, विरोध खतिवडाहरु मन्त्रीबाट हट्ने भएका छन् । वर्तमान गठबन्धन सरकारमा सहभागी आफ्नो तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु परिवर्तन गर्ने एकीकृत समाजवादीले निर्णय गरेसँगै सो पार्टीका सबै मन्त्रीहरु हट्ने भएका हुन् । स्रोतका अनुसार एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको सूचि समेत प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाइसकेको छ ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने निर्णय आजको बैठकले गरेको छ । वर्तमान मन्त्रिपरि स्वास्थ्य मन्त्री विरोध खतिवडाको नेतृत्वमा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्रीको रुपमा सहभागी छन् । अब उनीहरु सबैलाई फिर्ता गरेर नयाँ टिम पठाउने निर्णय भएको छ ।

उता, एकीकृत समाजवादीका नेता डा. बंशिधर मिश्रले तत्काल मन्त्रीहरु फेरिने सम्भावना कम रहेको र हल्लाखल्ला मात्रै बढि रहेको बताए । नेता मिश्रले यस विषयको जिम्मा शीर्ष नेतालाई दिइएकोले शीर्ष नेताहरुको बैठकबाट मात्रै टुंगोमा पुगिने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*