प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश, आगामी वर्षहरुमा अझै उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

२२ जेष्ठ २०७९, आईतवार १४:४७

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो १४औं वार्षिकोत्वस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।

जेष्ठ २२ गतेका दिन स्थापना भई संचालन भएको १४ बर्ष पूरा भई १५औँ बर्षमा प्रबेश गर्न लागेको अवसरमा प्राइम लाइफ इन्स्योरेन्सले जेठ २० गतेका दिन संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत कम्पनीले सहयोग प्रदान गरेको छ ।

कम्पनीले सहयोगस्वरुप अति सिमान्तकृत बर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं १ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुबै स्थानमा भाडा कुडा हस्तान्तरण गरेको हो ।

वि.सं. २०६५ साल जेठ २२ गते देखि सञ्चालनमा आएको प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापीत गर्न सफल भएको छ । सवल शुरुवात संगसंगै सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन कम्पनी सफल भएको छ ।

साथै आगामी दिनहरुमा अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता लिएको छ । भविष्यमा थप बढि उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न सक्षम हुने कम्पनीले विश्वास विश्वास लिएको छ ।

प्राइमलाइफ इन्स्योरेन्सले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।

शुरु देखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए । ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ । यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड रुपैयाँ संचित हरेको छ ।त्यस्तै, आफ्नो बीमा ब्ययसायलाई विस्तार गर्दै प्राइम लाइफ इन्स्योरेन्सले हालसम्म २६ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै इन्स्योरेन्सले हालसम्म जारी गरेको कुल बीमालेख संख्या १७ लाख ५९ हजार ३४४ रहेको छ भने कम्पनीले विभिन्न क्षेत्रमा हालसम्म १८ अर्ब ३४ करोड लगानी गर्न सफल भएको छ ।

साथै कम्पनीले आर्थिक वर्ष २०७२।०७३ देखि आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश उपलब्ध गराउँदै आइरहेको छ । आव २०७२।०७३ मा इन्स्योरेन्सले २५ प्रतिशत, आव २०७३।०७४ र २०७४।०७५ मा १२.५० प्रतिशत, आव २०७५।०७६ मा १५ प्रतिशत, आव २०७६।०७७ को विशेष साधारण सभाबाट १२.५० प्रतिशत र आव २०७६।०७७ मा १५ प्रतिशत बोनस शेयर वितरण गर्दै आइरहेको छ ।

आफ्नो १४औं वार्षिकोत्वसको अवसरमा उत्कृष्ट सेवाको साथ यस कम्पनी उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिंदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा कम्पनीले आभार ब्यक्त समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*