रिलायन्स लाइफद्धारा आजदेखि पुनः बीमालेख पुनर्जागरण अभियान संचालन

२० जेष्ठ २०७९, शुक्रबार ११:३२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुको ग्राहकलाई मध्यनजर गर्दै पुनः पुनर्जागरण अभियान संचालन गरेको छ ।

उक्त अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखमा मात्रै लागू हुनेछ ।

साथै बीमालेख अवभित्र एक पटक मात्रै व्याजको छुट सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

उक्त पुनर्जागरण अभियान आज (जेठ २० गते) देखि असार १५ गतेसम्म संचालन हुनेछ । आफ्नो व्यतित भइसकेका बीमालेखहरु विलम्ब शुल्क बिना नै नविकरण गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन सकिने कम्पनीले अनुरोध गरेको छ ।

साथै बीमालेख पुनर्जागरण गर्दा स्वास्थ्य परिक्षण गर्नुपरेमा समेत कम्पनीले ‘मेडिकल फी’ ब्यहोर्ने जनाएको छ ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*